अध्ययनले भन्छ–मोटा नेताको सरकार बढी भ्रष्टाचारी

पेरिस(एजेन्सी) । सरकारको उच्च पदमा बस्ने नेताहरु भ्रष्ट हुनु वा धेरै खाना खाने कुराबीच प्रत्यक्ष सम्बन्ध हुँदैन । तर फ्रान्सको मोन्टपेलियर बिजनेस स्कूलको शोधकर्ता पाब्लो ब्लावस्कीले यो तथ्यमा एक अध्ययन गरेका छन् । अध्ययनले पूर्व सोभियत संघको सरकारसँग जति बढी तौल भएका राजनेता थिए, उनीहरुको सरकार उती नै भ्रष्ट थियो भन्ने निश्कर्ष निकालेको छ ।

यद्यपि दक्षिण इंग्ल्याको बकिंघम शायको हाई वायकोम्बे नगरका सांसद, मेयर र पार्षद हरेक वर्ष आफ्नो तौलको मापन गर्दछन् । ताकि जनतालाई उनीहरुको करको पैसाले नेताको वजन बढेको होइन भन्ने प्रमाणित गर्न चाहन्छन् । पाब्लोको यो अनुसन्धान १५ सोभियत देशहरुका सन् २०१७ का मन्त्रीहरुको २ सय ९९ फोटोमा आधारित छ ।

अनुसन्धानकर्ताले कम्प्यूटर एल्गोरिदमका माध्यमबाट बडी मास इन्डेक्स(बीएमआई)को अनुमान लगाएका छन् । अनुसन्धानमा आर्मेनिया, अजरबेजान, बेलारूस, ऐस्तोनिया, जाककर्जिया, कजाकिस्तान, रूस, किर्गिस्तान, लातविया, लिथुआनिया, यूक्रेन, माल्डोवा, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तान सहभागी छन् ।

अनुसन्धानमा मन्त्रीहरुको बडी मास इन्डेक्स र भ्रष्टाचारको आँकडाका बीच निकै सम्बन्ध रहेको पाइएको छ । यो भ्रष्टाचारको आँकडा ट्रान्सपरेन्सी इन्टरनेशनल करप्सन परसेप्सन इन्डेक्स, विश्व बैंक र इन्डेक्स अफ पब्लिक एन्टीग्रिटीबाट लिइएको हो । पाब्लोको अनुसन्धानमा जुन देशमा मन्त्रीहरुको बीएमआई बढी छ, ती देशमा धेरै भ्रष्टाचार हुने गरेको पाइएको छ ।