तीजमा शान्तिप्रियको रातो सारी लरक्कै

काठमाडौं । तीजलाई लक्षित गर्दै गीतकार शान्तिप्रियको शब्द तथा सञ्चारकर्मी सरिता भारतीको स्वर रहेको तीज गीत ‘रातो सारी लरक्कै’को सार्वजनिक भएको छ । गीत व्युटी न्युज नेपालबाट मंगलबार सार्वजनिक भएको हो ।

गायिका भारतीका अनुसार तीजमा, पर्वमा विभिन्न पहिरन र आभुषणले सजिएकी एक नारीले आफ्नो पहिरन, आभूषण र सौन्दर्यको प्रशंसा गर्ने प्रसंगमा गीत तयार पारिएको हो । संगीतबाट गिनिज अफ वल्र्ड रेकर्डमा नाम लेखाएका संगीतकार सन्तोष श्रेष्ठको संगीत यो गीतमा छ ।

बिलक्षण क्रियसनले निर्माण गरेको यो गीतको भिडियोमा अभिनेत्रीद्वय अनामिका चौलागाईं, दीपाशा बिसीसँगै गायिका सरिता फिचर्ड छन् । डब्बु क्षेत्री निर्देशित भिडियोमा राजु केसीको छायांकन, राहुल श्रेष्ठ र छवी थापामगरको कोरियोग्राफी, वीरेन्द्र भाट ‘विपिन’को छायांकन तथा ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की विजेता लिना डंगोल र लक्ष्मी महर्जनको श्रृंगार छ ।