एलिना र विवेकको सांगीतिक डल्ली

काठमाडौं । गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको गीत ‘डल्ली’ भिडियो सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गीतमा प्रभावन जेको शब्द, संगीत, परिकल्पना तथा भिडियो निर्देशन छ ।

भिडियोमा विकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाई फिचर्ड छन् । भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईको छायांकन, डिनशन शाहको सम्पादन र माही सिंहको श्रृंगार छ । बिग परिवेश रेर्कडिङ स्टुडियोमा रेकर्ड गराईएको गीतमा जीवन बडुको एरेन्ज र मनोज डंगोलको मिक्सिङ छ ।

पर्यटकीय नगरी धुलिखेलको पात्लेखेतमा छायांकन गरिएको भिडियोको निर्माण नियन्त्रक श्याम धिताल हुन् ।