मुम्बई(एजेन्सी) । काजल अग्रवाल दक्षिण भारतीय फिल्म उद्योगकी एक चर्चित अभिनेत्री हुन् । जो आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा आइरहन्छिन् । गत वर्ष काजलको विवाहको चर्चा मिडियामा खुबै आयो । त्यो बेला काजलले विवाहको कुरा गलत भएको बताएकी थिइन् । तर अहिलेको समयमा भने काजल साँच्चै विवाहको तयारीमा छिन् ।
काजलले मे गौतम नामका एक व्यापारीसँग इन्गेजमेन्ट गरेकी छन् । उनी चाँडै गौतमसँग विवाह गर्दैछिन् । काजलको मिल्ने साथी र अभिनेता श्रीनिवास बेलमकोन्डाले काजलको गोप्य इन्गेजमेन्ट समारोहमा उपस्थितिको अवसर पाएका थिए । यद्यपि अभिनेत्री तथा उनको परिवारले यो विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
समाचार अनुसार काजलले आफ्नो सामाजिक सन्जालमार्फत उनले वैवाहिक सम्बन्धको आधिकारिक जानकारी दिनेछिन् । गत वर्ष मात्र काजलले फिल्म उद्योग भन्दा बाहिरको व्यक्तिसँग विवाह गर्ने खुलासा गरेकी थिइन् । उनले सन् २०२० मा घर बसाउने योजना सुनाएकी थिइन् ।