दयाहाङ र आँचलसँग राजेशपायलको त्यो तिमी हौ

काठमाडौं । गायक राजेशपायल राईको स्वरमा रहेको नयाँ गीत ‘त्यो तिमी हौ’को भिडियो सार्वजनिक भएको छ । गीतमा निर्मला राई ‘परिवेश’को शब्द तथा अर्जुन पोखरेलको संगीत छ । गीतमा महाराज थापाको संगीत संयोजन छ ।

मिलन चाम्स निर्देशित भिडियोमा दयाहाङ राई र नायिका आँचल शर्मा फिचर्ड छन् । भिडियोमा दया र आँचललाई रोमान्टिक मुडमा देखाइएको छ । भिडियोमा सुदिप बरालको छायांकन, प्रज्वलित पराजुलीको सम्पादन, जुनीम गहतराजको रंग, गिरिराज घिमिरेको सह–निर्देशन छ ।

भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।