मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सैफ अली खान एउटा यस्तो परिवारको प्रतिनिधित्व गर्छन्, जुन परिवारको बारेमा जान्न जोकोही लालयित छन् । उनको फिल्मी करियरको बारेमा त जोकोही पनि जान्दछन्, तर उनको व्यक्तिगत जीवनका बारेमा सायदै त कमैलाई मात्र थाहा छ । त्यहीकारण पनि उनका फ्यान निजी जीवन जान्न उत्सुक छन् । यही कुरालाई मध्यनजर गर्दै सैफ चाँडै नै आफ्नो फिल्मी करियरसँगै व्यक्तिगत जीवनसँग जोडिएका कुरालाई समेट्दै आफ्नो अटोबायोग्राफी लेख्ने तयारीमा जुटेका छन् ।
व्यापार विश्लेषक तरुण आदर्शका अनुसार सैफ यतिबेला अटोबायोग्राफी लेखिरहेका छन्, जुन आगामी वर्ष सार्वजनिक हुनेछ । यो पुस्तकमा सैफले आफ्नो परिवार, घर, सफलता, असफलता, प्रेरणा र फिल्मका बारेमा लेख्नेछन् । यो पुस्तक सार्वजनिक भएपछि उनको बारेमा थाहा नभएका नयाँ कुरा पनि बाहिर आउनेछ ।
NEWS… #SaifAliKhan to pen autobiography… The actor will open up about family, home, his successes and failures, his influences and inspirations and, of course, films… #HarperCollinsIndia will publish the autobiography… Will be out in 2021. pic.twitter.com/lPvEQvlwL8
— taran adarsh (@taran_adarsh) August 25, 2020
यो पुस्तकको प्रकाशन हार्पर कोलिन्स इण्डियाले गर्नेछ । फिल्ममा सैफ धेरै विषयमा खुलेर कुरा गर्छन्, किनकी उनी पहिला पनि कैयौं मुद्दामा स्वतन्त्र रुपमा आफ्ना कुरा राख्दथे । सामाजिक सन्जालबाट टाढा रहेका सैफ आफ्नो भनाईलाई लिएर धेरै पटक मिडियामा आउँदैनन् । तर कैयौं प्लेटफर्ममा भने उनले खुलेर कुरा गरेका छन् ।
कामको कुरा गर्दा सैफ पछिल्लोपटक सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’मा अभिमन्यु वीरको विशेष भूमिकामा देखिएका थिए । यसबाहेक उनी ‘बन्टी और बब्ली २’सहित केही प्रोजेक्टको काममा व्यस्त छन् । उनी चाँडै नै चौथो सन्तानको पिता बन्दैछन् ।