प्रिन्स एण्ड प्रिन्सेस वर्ल्डमा प्रिन्सा

काठमाडौं । गत वर्ष इजिप्टमा सम्पन्न ‘टिभी स्टार्ट मिनी मोडल वल्ड २०१९’ मा मिनी मोडल वल्डको क्राउन सँगै बेष्ट डान्सर अवार्ड जितेकी नेपाली बाल कलाकार प्रिन्शा खड्काले यसपटक ‘प्रिन्स एण्ड प्रिन्सेस वल्ड २०२०’मा नेपालको प्रतिनिधित्व गरेकी छन् ।

७ वर्षीया प्रिन्शाको इन्ट्रो भिडियो समेत सार्वजनिक भएको छ । क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९ बनेर विश्व मिनि मोडेल समेत प्राप्त गरेकी प्रिन्शा रुकुम निवासी हुन । हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन । प्रिन्शाले नारायण रायमाझीको कारगिल भाग २ म्युजिक भिडियोमा बाल कलाकारको रुपमा अभिनय गरेकी छन् ।

यस पटक पनि यो प्रतियोगितामा प्रिन्साले सफलता हात पार्ने अपेक्षा रहेको बुवा ऋषिराम खड्काको दाबी छ । प्रिन्शाको सम्पुर्ण कला, सिर्जनाको व्यवस्थापन तथा निर्देशनदेखि सबै कुरा आमा सामना देवकोटा र बुवा ऋषिरामले गरेका छन् भने मोर्निङ ग्लोरी इन्टरटेनमेन्टले यस कार्यक्रमको संयोजन गरेको छ । प्रिन्शाले यस पटक अनलाइन मार्फत आफ्नो कला प्रस्तुत गर्नेछिन ।