ऋषि कपूरः डरफोकदेखि कञ्जुससम्म

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता ऋषि कपूर जन्मजात अभिनेता थिए । भनिन्छ कि जब उनले हिँड्न शूरु गरे, त्यो बेला उनी ऐनाको अगाडि गएर विभिन्न प्रकारका अनुहार बनाउथे । सेप्टेम्बर ४ मा जन्मिएका ऋषिले आफ्नो ५० वर्षे फिल्मी करियरमा एक पछि अर्को सानदार फिल्म गरे । राष्ट्रिय फिल्म पुरस्कार र फिल्म फेयरसहित ठूलो पुरस्कार त उनले आफ्नो करियरको शुरुवातमै पाए । उनका बारेमा केही किस्सा छन्, जुन किस्सा सायदै त कमैलाई मात्र थाहा होला ।

ऋषि कपुर आफ्ना काका शशि कपूर जस्तै आइतबार काम गर्दैन थिए । आइतबार उनी परिवारलाई समय छुट्याउथे । कतिपयले उनको यो कामलाई आइतबारदेखि डराउने पनि भन्दथे । तर शशि कपूर भन्दा ठिक विपरित उनी कडा र अनुशासनप्रिय पिता थिए । उनी आफ्ना सन्तानसँग निकै कम मात्र कुरा गर्थे । ऋषि सानो हुँदा उनी आफ्नो पिताका अगाडि बोल्दैन थिए ।

ऋषि पैसा र उपहारका मामलामा निकै कन्जुस थिए । उनी मानिसलाई उपहार दिन मनपराउदैन थिए । छोरा रणवीर १६ वर्षको हुँदा उनले आफ्नो आमामार्फत कारको माग गरे । तर ऋषिले रणवीरलाई अहिले कार चलाउने उमेर नभएको जवाफ दिए । उनी आफ्ना बच्चालाई बिग्रेको हेर्न चाहदैन थिए । रणवीर र रिद्धिमा आफ्नो खुट्टामा उभिएर नहिडुन्जेलसम्म ऋषिले इकोनोमिक क्लासकै यात्रा गरे ।

उनकी पत्नी नीतू सिंहले एकपटक ऋषिको कञ्जुसी बानी बारे एउटा रोचक किस्सा सुनाएकी थिइन् । ‘खानामा चिन्टु कुनै पनि कुराको कन्जुसी गर्दैन थिए । मलाई सम्झना छ, जब हामी न्यूयोर्क गएका थियौं, त्यो बेला मलाई महंगो भन्दा महंगो रेष्टुरेन्टमा लगे । एक खानामा सयौं रुपैंयाँ खर्च गर्दथे । तर सामान्य कुरा किन्दा भने उनको शरीर नै गल्दथ्यो । एकपटक न्यूयोर्कमै आफ्नो अपार्टमेन्टको अगाडिबाट फर्किदै गर्दा बिहानको चियाको लागि दुध किन्नुपर्ने थियो । त्यो समय आधा रात नै भइसकेको थियो । तर दुध लिनकै लागि चिन्टु अलिक टाढाको पसल गए, किनकी त्यहाँ केवल ३० सेन्टमा दुध पाइन्थ्यो’, उनले भनेकी छन् ।

ऋषिले चरित्र अभिनेताका रुपमा जुन भूमिका निर्वाह गरे, उनले ती चरित्रमा जहिल्यै न्याय दिए । त्यही कारण गायिका लता मंगेशकरले उनलाई कपूर खानदानकै सबैभन्दा होनहार अभिनेता मान्दथिइन् ।