पर्दामा सँगै देखिदै रामलखन जोडी

मुम्बई(एजेन्सी) । बलिउडमा अभिनेताद्वय अनिल कपूर र ज्याकी श्राफले आफ्नो करियरमा एकसे एक हिट फिल्म दिएका छन् । आज पनि उनीहरुको फ्यान फलोइङ ठूलो छ । यद्यपि पछिल्लो केही समयदेखि यो जोडी एकसाथ देखिएका छैनन् । सन् १९८९ मा रिलिज फिल्म ‘राम लखन’मा यी दुईको जोडीलाई आजसम्म पनि कसैले बिर्सन सकेको छैन । अब चाँडै नै एकपटक पुनः यो जोडी दर्शकमाझ सँगै आउदैछन् ।

हालैमात्र अनिल र ज्याकीबीच भएको एक अनलाइन कुराकानी सार्वजनिक भएको छ । जसमा उनीहरु एकअर्काको तारिफ गरिरहेका छन् । यो कुराकानीमा अनिलले दुवैजना चाँडै सँगै आउने संकेत दिएका छन् । यो कुराकानीको ज्याकीले स्क्रिनसट सामाजिक सन्जालमा शेयर गरेका छन् । जहाँ उनले ‘तिब्र पखाईमा छु मेरो लखन’ भनेर लेखेका छन् । यो लेखाइबाट फिल्मको सिक्वेल बन्नेमा फ्यानले आशा व्यक्त गरेका छन् ।

सुभाष घईको फिल्म ‘राम लखन’मा ज्याकीले राम र अनिलले लखनको भूमिका निर्वाह गरेका थिए । उनीहरुको अपोजिटमा डिम्पल कपाडिया र माधुरी दिक्षित थिए । राखी गुलजारले राम लखनको आमाको भूमिका निर्वाह गरेका थिए भने अमरीश पुरी भिलेन चरित्रमा थिए ।