मुम्बई(एजेन्सी) । दक्षिण भारतीय स्टार कमल हसनले एउटा नयाँ प्रोजेक्ट साइन गरेका छन् । उनी निर्देशक लोकेश कनागराजका साथ नयाँ फिल्ममा काम गर्दैछन् । यो कमल हसनको २३२ औं फिल्म हुनेछ । जसको नाम इभानेन्द्रु निनाइथाइ राखिएको छ । लोकेशले आफ्नो फिल्म ‘मास्टर’को रिलिज अघि नै कमलसँगको सम्झौताबारे जानकारी दिएका हुन् ।
लोकेशको कमलसँग यो पहिलो फिल्म हो । यसलाई राज कमल फिल्मस् इन्टरनेशनलको व्यानरमा निर्माण गरिनेछ । ट्वीटरमा फिल्मको घोषणा गर्दै लोकेशले एक पोस्टर शेयर गरेका छन् । जसमा ‘वान्स अपन ए टाइम दियर लिभ्ड ए घोष्ट’ लेखिएको छ । सोही पोस्टर शेयर गर्दै कमलले ‘एउटा अर्को यात्राको शुरुवात हुँदैछ’ भनेर लेखेका छन् ।
फिल्मका लागि अनिरुद्ध रविचन्दरले संगीत सिर्जना गर्नेछन् । यो फिल्म सन् २०२१ को गर्मी समयमा रिलिज हुनेछ । त्यसो त यसअघि नै लोकेश रजनीकान्तलाई लिएर एक फिल्म निर्देशन गर्ने योजनामा थिए । जुन फिल्मको कमलले गर्ने चर्चा थियो ।