प्रमोदको गीतमा को निष्ठुरी ?

काठमाडौं । गायक प्रमोद खरेलको नयाँ गीत ‘निष्ठुरी’को भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी दयाराम घिमिरेको निर्देशन रहेको म्यूजिक भिडियोमा नायिका अनु शाह र मोडल मनोज शर्माले फिचरिङ गरेका छन् । उक्त गीतमा गोविन्द गौतमको शव्द र बिकाश चौधरीको संगीत छ ।

यो गीत शान्ति इन्टरटेनमेन्टबाट बजारमा आएको एल्बम ‘पहिलो किरण’ मा समाबेश छ । भिडियोमा हरिनारायण चौधरीको छायांकन र वीरेन्द्र भाट बिपिनको सम्पादन छ ।
हेर्नुहोस् भिडियोः–