विलापमा शिशु गुमाएकी आमाको पीडा

काठमाडौं । गीतकार मनिष वसिष्टको नयाँ गीत ‘विलाप’ को भिडियो सार्वजनिक भएको छ । गायक सजल न्यौपानेको स्वर तथा संगीत रहेको गीतमा रिदम कँडेलको एरेन्ज रहेको छ ।

प्रमिला खनाल फिचर्ड भिडियो एमबी क्रियसनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो । गम्भिर विष्टको निर्देशन रहेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको सिनेमाटोग्राफी र नविन निरौलाको छ ।

गीतकार मनिषका अनुसार दश वर्षे जनयुद्धका बेला एउटी आमाले आफ्नो शिशु गुमाउनुपर्दाको पीडाले उनको मनबाट मानवता र इश्वरप्रतिको आस्था र विश्वास कसरी हट्छ भन्ने कुरालाई प्रस्तुत गरिएको छ ।