केकी बनिन् प्रकाशको माइली

काठमाडौं । गायक यज्ञ विश्वकर्मा र गायिका अमृता नेपालीको स्वरमा रहेको ‘ए माइली’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा रमेश परियारको शब्द तथा लय सिर्जना छ ।

भिडियोमा अभिनेत्री केकी अधिकारी तथा गायक प्रकाश सपुत फिचर्ड छन् । भिडियोमा बाल कलाकार अनुरोध थापा र न्यायधिश विक्रम शाहीको पनि अभिनय छ । गीतमा मायालु जोडीबिचको माया र प्रेमलाई गीतमा समेटिएको छ ।

कृष्ण विश्वकर्माको एरेन्ज र खड्ग बाजुरालीको मिक्सिङ रहेको गीतमा आफनी मायालुलाई भुल्न नसक्ने कुरालाई व्यक्त गरिएको छ । भिडियोमा सुशील डाँगीको छायांकन, निरञ्जन केसीको सम्पादन तथा अर्जुन थापाको निर्देशन छ ।