इन्द्रजितको गीतमा रोमान्टिक राजेश हमाल

काठमाडौं । नेपाली तथा हिन्दी फिल्मका पाश्र्व गायक इन्द्रजित मिजारको स्वरमा रहेको गीत ‘जुनमा हेरू तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गोपाल लोहारको शब्द रहेको गीतमा सुरेश अधिकारीको संगीत छ । गीतमा चन्द सिंहको एरेन्ज छ ।

कुनै समय मिजारले गाएका नेपाली फिल्मका अधिकांश गीतमा अभिनेता राजेश हमाल नाँच्थे । अहिले यिनै मिजारको यो गीतमा हमाल फिचर्ड छन् । झन्डै २७ वर्ष पछि हमाल इन्द्रजीतको गीतमा रोमान्टिक बनेका हुन् । भिडियोमा हमालका साथमा आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड छन् ।

समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोमा श्याम तामाङको छायांकन, विकाश दहालको सम्पादन र श्याम लामा तथा काजी लिम्बुको निर्देशन छ गीतकार लोहारको अफिसियल च्यानल गोलो प्रोडक्शनमार्फत भिडियो सार्वजनिक भएको हो ।