चोखो मायामा शंकालु माया

काठमाडौं । गीतकार इन्दिरा बोगटीको आधुनिक गीत ‘चोखो माया’को भिडियो सार्वजनिक भएको छ । गीतमा अन्जु पन्त र दीपेन्द्र सोनामको स्वर छ । भिडियोमा दीपेन्द्र सोनाम र अभिनेत्री केकी अधिकारी फिचर्ड छन् । गीतमा चिरन्जीवी भण्डारीको संगीत तथा सन्जीब बराइलीको संगीत संयोजन छ ।

भिडियोमा मायामा शंका उत्पन्न भएपछि आउने उतारचढावलाई देखाइएको छ । सुब्रतराज आचार्य निर्देशित भिडियोमा उत्सव दाहालको छायांकन तथा भरत रेग्मीको सम्पादन छ । गीतको भिडियो इनाक्षी इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।