सत्यकलाको र्याइँ र्याइँ सारंगी

काठमाडौं । गीतकार एवं गजलकार हरि उप्रेतीको शब्द तथा गायिका सत्यकला राईको स्वरमा रहेको ‘र्याइँ र्याइँ सारङ्गी’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा विकास चौधरीको संगीत छ । उप्रेतीको आधुनिक गीतिसंग्रह ‘करुणा–२’मा समावेश रहेको गीतमा विकासकै संगीत संयोजन छ ।

प्रहिल कार्की निर्देशित भिडियोमा रितु पौडेल र रञ्जन श्रेष्ठ फिचर्ड छन् । राधिका उप्रेती निर्माता रहेको भिडियोमा माधव वेलबासेको सम्पादन तथा आवेश बज्राचार्यको छायांकन छ ।

साउण्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ्ग तथा मास्टरिङ भोला पौडेलले गरेका छन् । भिडियोलाई एचपी इन्टरटेनमेन्टको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।