प्रमोद र अन्तराको निरमाया

काठमाडौं । गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको स्वरमा रहेको गीत ‘निरमाया’को भिडियो सार्वजनिक भएको छ । डान्सिङ शैलीको यस गीतमा शब्द र संगीत तुंग नेपालको रहेको छ । गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन् ।

भिडियोमा पुष्प खड्का र गरिमा शर्मा फिचर्ड छन् । शुभम भुजेलले कोरियोग्राफी गरेको यस भिडियोमा बुद्ध थापाको छायांकन, विकाश धमलाको सम्पादन छ ।

भिडियोको निर्देशक निकेश खड्का हुन् । भिडियो नेपसिस्टर्स’को अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ ।