करोडौंको औठी लगाउछन् यी अभिनेत्रीहरु

मुम्बई(एजेन्सी) । बलिउड स्टारहरुको रिल जीवन होस् या रियल जीवन, आफ्नो पार्टनरलाई दिनका लागि हिरा विशेष माध्यम बनेको छ । बलिउडमा पछिल्लो समयमा भएका विवाहलाई हेर्ने हो भने औठीको मामलामा विशेष छ । निकै खर्चालु किसिमले भएका यी विवाहमा विवाहित अभिनेत्रीले हातमा निकै महंगो औठी लगाएको देख्न सकिन्छ । जसको मूल्य करोडौं पर्दछ ।

अभिनेत्री शिल्पा सेठ्टी प्रायः हिराको औठी लगाएको अवस्थामा भेटिन्छिन् । व्यापारी राज कुन्द्राकी पत्नी शिल्पालाई राजले नै शिल्पालाई विशेष उपहार दिन हिराको औठी प्रमुख माध्यम बनाए । शिल्पाको यो औठी २० क्यारेटको छ । जसको मूल्य तीन करोड रुपैंयाँ हो ।

सन् २०१८ मा दीपिका पादुकोण र रणवीर सिंहको विवाह एउटा सपनाको विवाह जस्तै थियो । दुवैले इटालीको लेक कोमोमा सात फेरा लिए । यो विवाहमा दीपिकाले प्लेटिनम सोलिटियर औठी लगाएकी थियन् । यो औठीको मूल्य १ दशमलब ३ करोडदेखि लिएर २ दशमलब ७ करोडसम्म पर्छ ।

देशी गर्ल अर्थात प्रियंका चोपडाले हलिउड अभिनेता निक जोनाससँग सात फेरा लगाइन् । विवाह पछि निकले प्रियंकालाई एक गाडी उपहार दिए । निकले उनलाई प्लाटिनम डायमण्ड रिंग दिएका थिए । जसको मूल्य २ दशमलब १ करोड पर्दछ ।

सन् २०१७ मा अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीले विवाह गरे । उनीहरुले इटलीको टस्कनीलाई वैवाहिक स्थल बनाए । यो विवाहमा अनुष्काले लगाएको औठी एक करोड रुपैंयाँको रहेको बताइएको छ ।

सन् २०१२ मा करीना कफूर अभिनेता सैफ अली खानको बेगम बनिन् । करीनाको औठी राउण्ड आकारमा छ । यसका लागि सैफले ७५ लाख रुपैंयाँ खर्च गरेका थिए ।