एक तर्फी मायामा स्वरुपराज

काठमाडौं । नेपाली सुगम संगीतका एक सफल गायक स्वरुपराज आचार्यको स्वरमा रहेको गीत ‘एक तर्फी माया’को भिडियो सार्वजनिक भएको छ ।

डि आर राईको शब्द तथा रत्नबहादुर खड्गीको संगीत गीतमा रहेको छ । प्रेमील मनहरु विछोडिनु पर्दाको पिडालाई गीतमा ब्यक्त गरिएको छ ।

भिडियोमा लोकराज ओझा र सिन्धु वलीको अभिनय छ । महेश कुमारको छायांकन, कृष्ण पाण्डेको सम्पादन रहेको भिडियोमा करण साउदको निर्देशन छ ।