विशालको नजरमा खास बनिन् सरिता

काठमाडौं । गायक तथा संगीतकार विपिन घिमिरेको नयाँ गीत ‘खास लाग्न थाल्यौं’को भिडियो सार्वजनिक भएको छ । साम्बी इन्टरटेन्मेन्ट च्यानलबाट रिलिज गरिएको भिडियोमा सरिता भारती र विशाल पोखरेल फिचर्ड छन् । गीतमा नारायणप्रसाद सापकोटाको शब्द तथा करिण कणेलको संगीत संयोजन र शम्भुकुमार तण्डुकारको मिक्सिङ छ ।

एक युवा र युवतीको प्रेम प्रसँगमा आधारित यो गीतको भिडियोमा पनि सोही अनुसारको कथा प्रस्तुत गरिएको छ । भिडियोमा पत्रकार डब्बु क्षेत्रीको निर्देशन, रामशरण उप्रेतीको छायांकन, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन तथा रंग संयोजन रहेको छ ।