धनको तिमी र ममा ध्रुव–रिया

काठमाडौं । लामो समयदेखि लण्डन बस्दै आएका धनकिरण गुरुङले लण्डनबाट नै नयाँ गीत ‘तिमी र म’ सार्वजनिक गरेका छन् । धनकै शब्द, संगीत तथा स्वर रहेको भिडियोमा ध्रुव दत्त र रिया लिम्बु फिचर्ड छन् ।

अल्का गुरुङले निर्माण गरेको भिडियोमा सुमन श्रेष्ठको छायांकन, प्रभु गुरुङको कोरियोग्राफी तथा निर्देशन, सुशील गुरुङको सम्पादन र नबिन निरौलाको रंग संयोजन छ ।

डिजी प्रोडक्सनले निर्माण गरेको भिडियोमा जीवन आरोहअवरोह देखाइएको छ । बेलायतका पहिलो नेपाली काउन्सलरसमेत रहेका गुरुङको थुप्रै गीत सार्वजनिक भई सकेका छन् ।