इलाम चियाबगानमा राजा र योजनाको थोत्रे साइकल

काठमाडौं । गायक राजा खतिवडाले आफ्नो डेब्यु गीत ‘थोत्रे साइकल’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । प्रेमिल शैलीको युगल गीतमा गायक खतिवडाको साथमा संचारकर्मी तथा गायिका योजना पुरीको स्वर सुन्न सकिन्छ । पुस्कर खतिवडाको शब्द र संगीतमा रहेको यस गीतलाई ओम सुनारले संगीत संयोजन गरेका हुन् ।

युवायुवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोम स्वयम गायक राजा खतिवडा र श्रृजु ढुंगाना मुख्य भुमिकामा फिचर्ड छन् भने राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीको समेत भिडियोमा अभिनय देख्न सकिन्छ ।

इलामको रमणीय चिया बगानको दृश्य समावेश गरिएको म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन छ । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।