नारायण र शर्मिलाको राम्दी पुल

काठमाडौं । संगीतकार तथा गायक नारायण रायमाझीले ‘राम्दी पुल’ बोलको गीत पुनः रेकर्डिंग गरेर सार्वजनिक गरेका छन् । कल्याण शेरचनले लय दिएको गीतमा गायिका शर्मिला गुरुङको पनि स्वर सुन्न सकिन्छ । गीतको रचना कल्याण शेरचन र स्वयं रायमाझीले गरेका हुन् ।

गीतको मिक्सिङ श्यामस्वेत रसाईलीले गरेका हुन् । भिडियोमा उदिराम खड्का रत्न बिक, धर्म गन्धर्व, विवेक खड्का र बिरमा खड्कासँगै गायकगायिका फिचर्ड छन् । गीतको छायांकन मिराज अर्यालले गरेका हुन् ।