काठमाडौं । गायक सुनिल कटुवाल र गायिका समिक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘केटो अलि कमाउने होस्’ सार्वजनिक भएको छ । दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।
गीतको भिडियोमा मोडल सुधिर श्रेष्ठ र श्रेया सिटौलासँगै अजय मगर र अस्मिता अधिकारीलाई देख्न सकिन्छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विधान कार्कीको निर्देशन छ । भिडियो बिशाल इन्टरटेनमेन्टको युट्युवमा हेर्न सकिन्छ । भिडियो नेप्सिनेको ब्यानरमा निर्माण भएको हो ।
गायक सुनिलले यसगीतबाट ठुलो आशा लिएको बताए । उनी यसअघिका गीत जस्तै दर्शकले मन पराउनेमा आशावादी छन् । सुनिलले गाएका दर्जनौं गीत मध्ये ‘कपुरी क’, ‘ताराबाजी लैलै’ बोलको गीत चर्चित छन् । यस्तै दुई महिना अघिमात्रै सुनिलका ‘मुखैमा राम राम’ र ‘डिजिटल फोटो’ गीत सार्वजनिक भएका थिए ।