पुजन सांगीतिक मेरो सासको आवाज

काठमाडौं । गायिका पुजन काफ्लेको स्वरमा नयाँ गीत ‘मेरो सासको आवाज हौं तिमी’ सार्वजनिक भएको छ । आइतवार सामाजिक सञ्जालबाट ‘मेरो सासको आवाज’ सार्वजनिक गरिएको हो । गीतले प्रेम भावलाई व्यक्त गरिएको छ । पुजनले प्रेम गीतमा आफ्नो स्वरको माधुर्यता पोखेकी छन् ।

आफुले मन पराएको मान्छेसँगको सामिप्यता र प्रेमलाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ । एस पि सागरले रचेको शब्दलाई ईन्द्र आरपिले संगीतवद्ध गरेका हुन् ।

बुद्ध स्याङ्बाले उक्त गीतलाई एरेञ्ज गरेका छन् । गीतमा अञ्जान काफ्ले र अनु पराजुलीको अभिनय रहेको छ । सेर बहादुर बिसीले निर्देशन गरेको भिडियोमा शिवन पोखरेलको कोरियोग्राफि रहेको छ । अजय रेग्मीले खिचेको गीतलाई सुधन बस्नेतले सम्पादन गरेका छन् ।