रातामकै चोकमा मनिषाको फेशन हाउस

ललितपुर । कलाकारिता क्षेत्र कोरोना कहरका कारण अस्तव्यस्त बनेपछि मोडल मनिषा लकान्द्रीले बुटिक ब्यवसाय सुरु गरेकी छन् । उनले शुक्रबारबाट इमाडोल, रातामकै चोकमा मनिषा फेशन वेयर सञ्चालनमा ल्याएकी हुन् । मनिषाले फेसन हाउसको उद्देश्य देश र समाजका लागि स्वदेशमै रहेर केही गर्नुपर्छ भन्ने रहेको बताइन् ।

महिलाले पनि एउटा पुरुषसरह जस्तोसुकै काम गर्न सक्छन् र जिम्मेवारी वहन गर्न सक्छन् भन्ने धारणाको विकास गर्न यस फेसन हाउसले पहल गर्ने उनको भनाई रहेको छ । भविष्यमा विदेशमा कमाएर पठाएको रेमिट्यान्सले भन्दा स्वदेशमै कमाएर देश र आफूजस्तै युवा तथा महिलाहरुलाई पनि सीप सिकाउने तथा सबल बनाउन सहयोग पुर्याउने लक्ष्य रहेको उनले बताईन ।

मनिषा फेसन वयरमा आफूले रोजेको जुनकुनै फेसनको कपडा भाडामा लिन वा खरिद गर्न सकिने व्यवस्था छ ।