नीलडेभिड पथमा डेनियल

काठमाडौं । नेपाल र भारतमा हेयरस्टाइलिष्टका रुपमा परिचित सेलिब्रेटी हेयर स्टाइलिस नीलडेभिड कटवालको पथमा उनका छोरा डेनियल कटवालले पाइला चालेका छन् । नीलडेभिडका १८ वर्षीय छोरा डेनियलले बुवाको सलून व्यवस्थापनलाई नया“ स्वरुप प्रदान गरेका छन् । नयाँ शैलीको सलूनको बिहीबार माघे संक्रान्तिको अवसर पारेर राजधानीको मुटु सुन्धारास्थित काठमाडौं मलमा शुरुवात गरिएको छ ।

उद्योगपति राजेन्द्र खेतान, गायक प्रमोद खरेल, गायिका ईन्दिरा जोशी, मोडल दीपक घिमिरे तथा सञ्चारकर्मी सुशिल नेपालले संयुक्त रुपमा रिबन काटेर उक्त सलूनको शुभारम्भ गरेका हुन् । भारतको पुणेबाट सलोन म्यानेज्मेनट तथा फ्रेन्जाइज म्यानेज्मेनटमा उच्च शिक्षा हासिल गरेका डेनियलले सुन्धारास्थित यस काठमाडौं मलको पहिलो तल्लामा आफ्ना बुवाको सलूनको नया“ फ्रेन्चाइजी मोडललाई आफ्नै डिजाइनमा तयार पारेका छन् ।

डेनियलले नीलडेविड्स ब्राण्डलाई थप उचाइमा पु¥याउने उदेश्यले नीलडेविड्स सलूनको यो नया“ फ्रेन्चाइजी मोडल तयार पारेका हुन् । यो मोडल नेपाल तथा भारतका लागि फ्रेन्चाइजी मोडल हुनेछ । काठमाडौं मलको यो नया“ मोडल जस्तै नेपालका विभिन्न शहरहरुहरुमा नीलडेविड ब्राण्डका नया“ फ्रेन्चाइजीहरु २५ देखि ३० लाख रुपैया“को लगानीमा खोल्न सकिने डेनिडल डेविड कटवालले बताएका छन् ।

छोटो समयमै छोरा डेनियलले आफ्नो ब्राण्डलाई उचाइमा पु¥याउने कुरामा देखाएकोमा बुवा नीलडेविड ढुक्क छन् । नीलडेविड भन्छन्–‘मेरो लक्ष्य र सपनालाई थप उचाईमा पुर्याउने उद्देश्यले मेरो छोरा डेनियलले आजदेखि काठमाडौं मलको पहिलो तलामा नेपाल र भारतमा नीलडेविड्स सलूनको फ्रेन्चाइज बिस्तार गर्ने लक्ष्यका साथ फ्रेन्चाइज मोडल सलून भब्य रुपमा शुभारम्भ हु“दैछ । तपाईंहरु सबैको माया र आशीर्वाद डेनियलप्रति रहिरहोस् । मेरो लक्ष्मीपुर, झापादेखिको यात्रालाई मेरो छोरा डेनियलले नया“ कन्सेप्टमा अझ उचाई लग्ने सपना पुरा हु“दैछ ।’

नीलडेभिडले सन् २०२२ मा नील डेभिड्स फाउण्डेसन स्थापना गरेर एक सय जना गरिव तथा असाहय युवा–युवतीलाई हेयर एण्ड मेकअपको प्रशिक्षण दिएर रोजगारी समेत दिने घोषणा गरे । उनले निकट भविष्यमै चीनमा समेत आफ्नो शाखा विस्तार गर्न लागेको सुनाउ“दै दुबई तथा अष्टे«लियामा समेत नीलडेभिड्सको शाखा सञ्चालन गर्ने तयारी भैरहेको बताए ।

डेनियलले नेपालमा साना शहरहरुका लागि लक्षित गर्दै आफ्नो नया“ ब्राण्ड केश द हेयर शप समेत ल्याउ“दैछन् । १२ देखि १५ लाख रुपैया“सम्मको बजेटमा केश सलूनमा ३ सयदेखि ५ सय स्क्वायरमा सलून बनाउन सकिने डेनियल कटवालले बताएका छन् ।