बिनाको भिडियोमा न्याय मरेको देश

काठमाडौँ । गायिका शान्ति श्री परियारको स्वरमा रहेको गीत ‘न्याय मरेको देश’ सार्वजनिक भएको छ । सञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा बनेको भिडियोले नारीहरु माथि घटेका बलात्कार, एसिड काण्ड र छाउ सम्बन्धी कथा बोलेको छ ।

राजेश पौडेलको शब्द रहेको गीतमा दिनेश मुस्कानको संगीत रहेको छ । रश्मि शाक्यले निर्माण गरेको भिडियोमा उत्तम हुमागाईंको छायांकन,अनिलकुमार महर्जनको सम्पादन रहेको छ ।

भिडियोमा लक्ष्मी बर्देवा, सुशील पोखरेल, साक्षी लम्साल, पुजन घिमिरे, बासु शाही, अनिता पौडेलको अभिनय रहेको छ । गीत अनुसार आफुले भिडियो निर्माणमा निकै नै मेहनत गरेको निर्देशक श्रेष्ठले बताइन् ।