आजबाट प्राइम टिभीमा कुमारको सम्बन्ध

काठमाडौं । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’ आज शनिबार राती ९ बजेबाट प्राइम टाइम्स एचडीबाट प्रसारण हुँदैछ ।

पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगाना, रविन्द्र अधिकारी, बिन्दिया शाही, सरोज दाहाल, अञ्जना श्रेष्ठ र बिनिशा सेवाको अभिनय रहेको छ ।

काठमाडौंका विभिन्न स्थानमा छायांकन भएको टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, नविन पन्तको गीत, नविन पन्तको लेखन, उषा मलह(सिम्रन)को स्वर र गौतमराज खड्काको सम्पादन छ ।

करुणा आचार्य प्रस्तुतकर्ता रहेको टेलिसिरियलमा सरला भण्डारी र अन्जना श्रेष्ठ निर्माता, गीता आचार्य कार्यकारी निर्माता छन् । टेलिसिरियलका सहायक निर्देशक कल्याण अधिकारी छन् । टेलिसिरियलको पोस्ट प्रोडक्सन मोसन स्टुडियोमा गरिएको हो ।