जन्मदिनमा मास्टर अभिनेता विजय विवादमा

मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता विजय सेतुपती जनवरी १६ मा आफ्नो जन्मदिन मनाउछन् । शनिबार उनले आफ्नो ४३ औं जन्मदिन मनाए । यो खास अवसरमा विजयका फ्यान र कैयौं फिल्मी कलाकारले उनलाई सामाजिक सन्जालमा बधाई दिएका छन् । तर यिनै विजय आफ्नो जन्मदिनको कारण विवादमा आएका छन् । जसकारण उनले फ्यानसँग सामाजिक सन्जालमा माफी माग्नु परेको छ ।

विजयले आफ्नो जन्मदिन निर्देशक पोनरामको आउन लागेको फिल्मको सेटमा मनाएका थिए । उनले फिल्मका कलाकार तथा सदस्यसँग मिलेर केक काटे । अनौठो कुरा के भयो भने विजयले तलवारले केक काटे । जसकारण उनी विवादमा आए र उनले सामाजिक सन्जालमा फ्यानसँग माफी पनि माग्नुपर्यो ।

उनले तमिल भाषामा ट्वीटर एकाउन्टमा आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरे । विजय हालका दिनमा आफ्नो फिल्म ‘मास्टर’लाई लिएर चर्चामा छन् । यो फिल्ममा उनी थालापति विजयका साथ प्रमुख भूमिका छन् । फिल्मलाई दर्शकले अत्याधिक मनपराइरहेका छन् ।