चिनो रुमालमा मुन्नीसँग रोमान्टिक प्रकाश

काठमाडौं । गायिका समिक्षा अधिकारी र गायक अशोक अर्यालको स्वरमा रहेको मौलिक लोकदोहोरी गीत ‘चिनो रुमाल’ भिडियो सार्वजनिक भएको छ ।

सागर खड्काको शब्द तथा राजु अर्यालको लय सिर्जना रहेको गीतमा मायालु जोडीबिचको प्रेम प्रसंगलाई व्यक्त गरिएको छ ।

गायक, अभिनेता तथा मोडल प्रकाश सपुत र प्रियाना आचार्य ‘मुन्नी’ फिचर्ड भिडियोमा दुर्गा पौडेलको छायांकन, नविन घर्ति मगरको सम्पादन तथा मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन छ ।