निरन्तर मिस नेवाः नेपाल

काठमाडौं । नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेशन होमले यसवर्ष पनि मिस नेवाः नेपाललाई निरन्तरता दिने भएको छ । नेप्लिज फेशन होमले आगामी फागुन ७ राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा १५औं संस्करणको मिस नेवाः नेपाल ११४१ आयोजना गर्ने भएको हो ।

मिस नेवाः का प्रतिस्पर्धीहरुले वेष्ट स्कीन, वेष्ट हेयर र वेष्ट पर्सनालिटीका लागि आईतबार राजधानीको सुन्धारास्थित काठमाडौं मलमा अवस्थित ग्लो ब्युटि स्टुडियो काठमाडौँ मल पुगेर आफ्नो सुन्दरतामा थप आकर्षक बनाएका छन् । एनएफएच इभेण्टको सहकार्यमा ग्लो ब्युटि स्टुडियोले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रतिस्पर्धीहरुले आफुलाई थप सुन्दरी बनाउने प्रयास गरेका हुन् ।

मिस नेवाः का प्रतिस्पर्धीहरुलाई क्लिजिङ, हेयरवास, थेडिङ, फेसवासलगायतका सेवा दिइएको ग्लो ब्युटि स्टुडियोका म्यानेजिङ डाइरेक्टर तथ मोडल एवं अभिनेत्री दीपासा बिसिले जानकारी गराइन् । उनले सहभागी नेवार सुन्दरीहरुलाई ब्युटि टिप्सको कक्षा पनि दिइन् ।

आयोजक तथा नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाःका प्रतिस्पर्धीहरुलाई ग्लो ब्युटि स्टुडियोले थप सुन्दर बनाई दिएकोमा धन्यवाद ज्ञापन गर्दै ब्युटि स्टुडियोको सहयोगले मिस नेवाः प्रतियोगितालाई थप बल मिल्ने बताइन् । कार्यक्रममा नेपाल क्योकुशिन सेईसिनका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ शिहान अशोक कुमार श्रेष्ठ, मिस नेवाः नेपाल ११३९ की बिजेता नितु डंगोल तथा मिस नेवाःहरु प्रजिता श्रेष्ठ, युनिसा शाहीलगायत सहभागी थिए ।

१५औं संस्करणको मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् । उनीहरुलाई विभिन्न विधामो तालिम र प्रशिक्षण दिइरहेको नेप्लीज फेशन होमकमी अध्यक्ष हेमा मानन्धरले जानकारी गराएकी छिन् । नेप्लीज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ ।