दीपेन्द्र र लीलाको सलल कोशी

काठमाडौं । पूर्वेली लोकगायक दीपेन्द्र राई र गायिका लीला राईको स्वरमा नयाँ गीत ‘सलल कोशी’को भिडियो सार्वजनिक भएको छ । गायक दीपेन्द्रले यसअघि ‘बेल्टार बजार’ गीत ल्याएका थिए ।

पूर्वाञ्चल म्युजिकको प्रस्तुती रहेको गीतमा संगीतकार रुद्र श्रेष्ठको शब्द–संगीत र राम कार्कीको संगीत संयोजन छ । गीतमा पूर्वेली गाउँबेसीको भाका र माया पिरतीका कुरा दर्शाउन खोजिएको छ । म्युजिक भिडियोमा सन्ध्या राई र गायक दीपेन्द्रसँगै गायक रक्षक राई, रुद्र श्रेष्ठलगायतका कलाकार फिचर्ड छन् ।

रुद्र श्रेष्ठले निर्देशन गरेको यो भिडियोमा रिकेश बज्राचार्यको छायांकन र सम्पादन छ ।