सेलिब्रेटीसँग फ्यानको सम्बन्ध बढाउन सेलेब्स ग्रिट्स

काठमाडौं । सेलिब्रेटीहरुलाई फ्यान र शुभचिन्तकसँग नजिकबाट साक्षातकार गराउने लक्ष्यसहित नेपालमा पहिलोपटक ‘सेलेब्स ग्रिट्स’ नामक वेभसाइट र एप्लिकेशन लञ्च भएको छ । राजधानीमा गत मंगलबार आयोजित एक कार्यक्रमकाबीच उक्त वेभसाइटको सुरुवात भएको हो । कार्यक्रममा ‘सेलेब्स ग्रिट्स’को ब्राण्ड एम्बेस्डरमा अभिनेता अनुपविक्रम शाही अनुबन्ध भएको घोषणा गरियो ।

एप्लिकेसनका सिइओ इन्जिनियर समुल खड्काले हाल यो एप्लिकेशनमा ३० बढी सेलिब्रेटीहरु जोडिएको र आगामी दिनमा अन्य सेलिब्रेटीहरुलाई पनि आबद्ध गराउने बताए । ‘सेलेब्स ग्रिट्स’को टिममा खड्कासँगै इन्जिनियर प्रशान्त खड्का सह–निर्माता समेत छन् भने बोर्ड अफ डिरेक्टरमा इन्जिनियर तपेन्द्रबहादुर खड्का छन् ।

यो एप्लिकेशनसँग आवद्ध सेलिब्रेटीबाट न्यूनतम शुल्कमा फ्यान तथा शुभचिन्तकहरुले आफुले चाहेको सन्देश प्राप्तिको लागि अनुरोध गर्न सक्नेछन् । त्यहाँ जम्मा हुने शुल्क सेलिब्रेटीहरुले सामाजिक कार्यको लागि खर्चिनेछन् । एप्लिकेशन तथा वेभसाइटबाट रोजेको सेलिब्रेटीलाई अनुरोध गरेपछि सम्वन्धित टिमले सेलिब्रेटीलाई सूचना पठाउनेछ, त्यसपछि शुभचिन्तकले आवश्यक सन्देश आफ्नै नाममा प्राप्त गर्ने सेलेब्सग्रिट्सडटकमले जनाएको छ ।

हालसम्म यो फिचर्डमा नेपाली फिल्मका अभिनेता, अभिनेत्री, गायक, संगीतकार, निर्देशक, खेलाडी कमेडियन, मोडल जोडिएका छन् ।