सुमीलाई माया लगाउदै नाजिर

काठमाडौं । एस स्टडी वल्र्डको प्रस्तुतिमा बनेको नाजिर हुसेन र सुमी मानन्धर अभिनित ‘माया लाउँकी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नेपाल आइडल सिजन २ बाट चर्चामा आएका विक्रम बराल र मेलिना राईको स्वरमा रहेको गीतमा प्रदीप चापागाईको शब्द तथा कल्याण सिंहको संगीत र उदयराज पौडेलको एरेन्ज छ ।

रक पप शैलीमा गीत गाएर चर्चामा आएका विक्रम बरालले यस गीतमा फरकपन शैलीमा गाएका छन् । दीपकप्रसाद आचार्य ‘काकु’ले निर्देशन गरेको गीतको भिडियोमा नाजिर र सुमीको जोडीलाई रमाइलो ढंगको साथै सरप्राइज तरिकाले प्रस्तुत गरिएको छ ।

पवन सुस्लिङको छायांकन रहेको भिडियोमा पवनकै सम्पादन तथा भिएफक्स छ । गीतको भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ । गीतलाई रचनाकार प्रदीप चापागाईँको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।