को होला चुरीफुरीको नायकनायिका ?

काठमाडौं । हाँस्य टेलिश्रृंंखला तथा वेवसिरिजका हाँस्य कलाकारहरुलाई लिएर निर्देशक ऋषिराज आचार्यले घोषणा गरेको फिल्म ‘चुरीफुरी’ को सुटिङ शुरु भएको छ । राजधानीका विभिन्न स्थानमा छायांकनरत फिल्ममा नायकनायिका भने हालसम्म सस्पेन्स नै राखिएको छ ।

निर्देशक आचार्यकै लेखन, निर्माण र निर्देशन रहेको फिल्ममा रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘एदुमे’, पवन खतिवडा ‘म्याकुरी’, सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारको अभिनय छ ।

आरबी मुभीजको व्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्मको सह–निर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् ।

निर्देशक आचार्यले समसामयिक विषयमा कमेडी कथामा फिल्म बन्ने बताए । फिल्ममा राहुल राईको छायांकन, भीमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला, दीपक शर्माको संगीत र समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ ।