मन्दिरमा मिस नेवाः नेपाल

काठमाडौं । १५ औं संस्करणको ‘मिस नेवाः नेपाल ११४१’का प्रतियोगीहरुले विश्व शान्तिको कामना गर्दै राजधानीको महाँकाल र संकटा मन्दिरमा पूजाआजा गरेका छन् । प्रतियोगीहरुले कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् तथा विश्वमा शान्ति होस् भन्ने कामना गर्दै गत शुक्रवार महाँकाल मन्दिरमा लाख बत्ती बालेका उनीहरुले शनिवार संकटा मन्दिरमा पनि पूजाआजा गरेका छन् ।

आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार सुन्दरीहरुलाई कला, धर्म, संस्कृति, भाषा र भेषबारे ज्ञान अभिवृद्धि गराउने क्रममा हरेक वर्ष विश्व शान्तिको कामना गर्दै मन्दिरमा लगेर लाखबत्ती बाली पूजाआजा गराउने गरेको बताइन् ।

प्रतियोगिताको फिनाले आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । प्रतियोगितामा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्दैछन् । नेप्लिज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि ‘मिस नेवाः नेपाल’ आयोजनागर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि ‘लिटिल मिस नेवाः’आयोजना गर्दै आएको छ ।