म पर्खिरहन्छुलाई सेन्सरको पीजि

काठमाडौं । देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘म पर्खिरहन्छ्ु’ लाई चलचित्र जाँच पास समितिले ‘पीजि सर्टिफिकेट’ दिएको छ । लाखमान योञ्जनको निर्देशनमा निमार्ण भएको फिल्म हेर्नका लागि १६ वर्ष भन्दा कम उमेरकाले साथमा अभिभावक लिएर जानुपर्ने हुन्छ ।

फिल्ममा विनोद श्रेष्ठ, कल्पना भट्टराई, पुष्प श्रेष्ठ, खेम नेपाली, डिबी बस्नेत, प्रमोद श्रेष्ठ, शारदा आर्यन, प्रवलदिप विश्वास, विनोद दुगड, कृष्ण सुवेदी, ज्ञानेन्द्र शाह, वेदिका श्रेष्ठ, सितल सरकार, सागर आर्यन र विनोद सिंहलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

बबिता श्रेष्ठले निर्माण गरेको फिल्ममा सुमन तामाङ, यज्ञ पराजुली, मोतीको छायांकन, हेमन तामाङको सम्पादन, सन्तोष सरकारको पटकथा तथा संवाद, नविन तामाङ र राजेश लेप्चाको द्वन्द्व रहेको छ । प्रस्तुतकर्ता विनोद श्रेष्ठले फिल्मको रिलिज मिति चाँडै घोषणा गरिने बताए ।