बिहे पास गर्दै दयाहाङ र प्रकृति

काठमाडौं । सामाजिक विषयमा फिल्म ‘बिहे पास’ निर्माण हुने भएको छ । फिल्म ‘अमेरिका बोइज’ फेम्ड निर्देशक प्रवेश पौडेलको निर्देशन रहने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ प्रमुख भूमिकामा अभिनय रहनेछ ।

रोहित कट्टेलको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह–निर्माता ग्याल्जेन लामा छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत्र पहिलो साताबाट सुरु हुनेछ । आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको फिल्मका अन्य कलाकार तथा प्राबिधिकको छनौट कार्य जारी रहेको छ ।

निर्देशक पौडेलका अनुसार कमेडी फ्लेभरमा निर्माण हुने फिल्मको छायांकन तराईमा हुनेछ ।