लाहुरेको झोलामा करिश्मा र जगत

काठमाडौं । नेपाली मौलिक लोक लयमा आधारित गीत संगीतहरु बजारमा आइरहेको अवस्थामा गायिका शान्तीश्री परियार र गायक जगत मगरको स्वरमा रहेको ‘लाहुरेको झोला’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा परदेशमा गएको आफ्नो लाहुरे प्रेमीलाई आफ्नै गाउँमा भेट्दाको अवस्थालाई गीतमा समेटिएको छ । एजे अर्जुनको शब्द तथा जगत मगरको लय सिर्जना रहेको गीतमा मौलिकपनलाई निकै आकर्षक रुपमा देखाइएको छ ।

करिश्मा ढकाल र जगत मगरको अभिनय रहेको भिडियोमा सुरेश श्रेष्ठको छायांकन, प्रकाश धमलाको सम्पादन तथा स्मृति तिम्ल्सिनाको निर्देशन तथा कोरियोग्राफी छ ।