किन दोधारमा परिन गायिका अनु ?

काठमाडौं । गायिका अनु चौधरीको नयाँ गीत ‘परे म त दोधारैमा’को म्युजिक भिडियो इरलुङ पिपरी युट्युब च्यानलमार्फत रिलिज गरिएको छ ।

लोक राईको रचना, मान थुलुङको संगीत, कुमार थापाको संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ मीन विष्टले गरेका छन् ।

जेनेक्स मिडियाले निर्माण गरेको भिडियोमा गायिका अनु चौधरी स्वयंको अभिनय रहेको छ ।