काठे भाकामा राधा कृष्ण

काठमाडौं । गायक योगेश लामा र गायिका राधिका ढकालको स्वरमा रहेको ‘राधा कृष्ण’ बोलको लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । काठे भाकाको गीतमा भीमसेन खतिवडाको शब्द र योगेश लामाको संगीत रहेको छ ।

चाँगुनारायण इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोमा लोमश शर्मा र आरुसी मगर फिचर्ड छन् । सुरेश पाण्डेको कोरियोग्राफी, सुजन श्रेष्ठको छायांकन र युवराज खत्रीको सम्पादन रहेको भिडियोमा युवराजकै निर्देशन छ ।