सुनिल बने सूर्यबहादुर

काठमाडौं । लकडाउनको समयमा कीर्तिपुरमा सडकपेटीमा मृत्युवरण गरेका धादिङका सूर्यबहादुर तामाङको घटनाबाट प्रभावित भएर अभिनेता सरोज खनालले सर्ट फिल्म ‘बिहानीमै अस्ताएको सूर्य’ निर्माण गरेका छन् । भारी बोकेर मजदुरी गर्दै आएका सूर्यबहादुर गत जेठमा सडकपेटीमा मृत भेटिएका थिए ।

यही घटनाबाट प्रभावित भई अभिनेता सरोज खनालले सर्ट फिल्म ‘बिहानीमै अस्ताएको सूर्य’ निर्माण गरेका छन् । धादिङका सूर्यबहादुरलाई समर्पण गरिएको फिल्ममा नाट्यकर्मी तथा अभिनेता सुनिल पोखरेलले सूर्यबहादुरको चरित्र निर्वाह गरेका छन् । कवि सुरज काफ्लेद्वारा लिखित कविता ‘बिहानीमै अस्ताएको सूर्य’ मा आधारित भएर निर्माण गरिएको सर्ट फिल्म कवितात्मक रुपमै प्रस्तुत गरिएको छ । लकडाउनका समयका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका आफ्ना नागरिक भोकै बस्न नपाउने, स्थानीय तहले राहत दिने लगायतका भाषणका केही फुटेज र अडियोलाई फिल्ममा जोडिएको छ ।

सुरजले नै निर्माण गरेको फिल्मको समयावधि १० मिनेटको छ । फिल्ममा सुनिलसँगै गोविन्द श्रेष्ठ, गायत्री लम्साल, दीपेश गुरुङ, निश्चल ठकुरी, सुशीला थापा, केशवजंग शाही, सिरपा मानन्धर र सबिन ढुंगानाको पनि अभिनय छ ।

फिल्ममा अनिल श्रेष्ठ र धन खालिङ राईको छायांकन, निश्चल राजवंशीको ड्रोन, नविन निरौलाको सम्पादन छ । सिन लिम्बू र गुरु भाइ फकिरको संगीत रहेको फिल्ममा अभिमन्यु देवकोटाको प्रोडक्सन छ । फिल्म जून भिजन इन्टरटेनमेन्टको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।