घुम्न जाउँ सररमा आग्रह र रक्षा

काठमाडौं । अंकित अमरु श्रेष्ठको गीत ‘घुम्न जाउ सरर’को भिडियो सार्वजनिक भएको छ । गीतमा शशीविक्रम थापाको शब्द र संगीत तथा विनोदकुमार भुजेलको संगीत संयोजन छ ।

भिडियोमा आग्रह श्रेष्ठ र रक्षा थापासँगै प्रजन पौडेल र शुभम गणेश फिचर्ड छन् । शिवखाण्ड ठकुरीको निर्देशन रहेको भिडियोमा रोमिओ गुरुङ र विशाल डोटेलको सह–निर्देशन, विकास जोशीको कला निर्देशन, आयुष श्रेष्ठको छायांकन तथा शिव रोमियो गुरुङको सम्पादन छ ।

भिडियोमा सुमन कोइरालाको कोरियोग्राफी तथा सन्तोष पौडेल, शिवखण्ड ठाकुर र जनकबहादुर श्रेष्ठको कथा छ ।