सुदीपलाई मायाले इशारा गरेपछि…

काठमाडौं । नेपाली फिल्मका सह–निर्देशक सुदीप कुँवरले गायनमा पनि आफ्नो भविष्य खोजिरहेका छन् । यिनै सुदीपको स्वरमा रहेको नयाँ गीत ‘मायाले इशारा’को भिडियो सार्वजनिक भएको छ । सुदीपकै शब्द र संगीत रहेको गीतमा समीक्षा अधिकारीको पनि स्वर रहेको छ ।

रामजी लामिछाने निर्देशित भिडियोमा ओबी रायमाझी, अञ्जली अधिकारी, सुदीप र समिक्षा अधिकारी फिचर्ड छन् । उनीहरुबाहेक गृवानी बस्नेत, नोना कार्की र मिराज अर्याललाई पनि देख्न सकिन्छ ।

भिडियोमा मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन र राजेन्द्र मोक्तानको रंग संयोजन छ । भिडियो कुँवरको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।