काठमाडौँ । भोटेकोशी र रसुवा बाढीसँगै जलवायु न्यायको विषय गम्भीर रुपमा उठिरहेका बेला गीतकार डीडी पन्तले ‘ए नदी ए हिमाल’ बोलको गीत सार्वजनिक गरेका छन् ।
पन्तले गीतमा जलवायु संकटको प्रश्नलाई घर, खेत, सडक, बजार र परिवारको जीवनसँग जोडेर त्यहीँबाट न्यायको प्रश्न उठाएका छन् । गीतले विकासको विरोध नगरी विकासको शैलीमाथि कडा प्रश्न गरेको छ ।
पन्तका अनुसार गीतको स्वर र संगीत एआईमार्फत तयार गरिएको हो । यस अर्थमा यो गीत मानवीय पीडाबाट जन्मिएको सिर्जना र कृत्रिम बुद्धिमत्तामा आधारित संगीत प्रविधिको संयोजन पनि बनेको छ ।
यसले एउटा विपत्तिको स्मृतिलाई गीतमा मात्र सीमित नराखी जलवायु न्याय, जिम्मेवार विकास, विपद् जोखिम न्यूनीकरण र मानवीय जिम्मेवारीबारे सार्वजनिक बहसका लागि सांगीतिक दस्तावेजका रूपमा स्थापित गर्ने प्रयास गरेको छ ।







