काठमाडौं । नेपाली लोकदोहोरीको मौलिकता, संस्कृति र नयाँ प्रतिभालाई एउटै मञ्चमा जोड्ने सांगीतिक कार्यक्रम ‘लोक दोहोरी स्टार सिजन २’ आगामी असोज ४ गतेदेखि टेलिभिजनमा प्रसारण हुने भएको छ।
एभेन्टोज स्टुडियोको आयोजनामा तयार गरिएको कार्यक्रम हरेक आइतबार र सोमबार राति ८ बजेदेखि एपीवान एचडी टेलिभिजनमा प्रसारण हुनेछ। दर्शकले कार्यक्रमलाई एभेन्टोज डिजिटलको युट्युब च्यानलमार्फत पनि हेर्न सक्नेछन्।
सिजन २ मा लोकदोहोरी क्षेत्रका कलाकार कोमल ओली, राजु परियार र चन्द्र शर्मा निर्णायकका रूपमा रहेका छन्। आयोजक यादवबहादुर थापाले नयाँ पुस्ताका प्रतिभाशाली गायक–गायिकालाई राष्ट्रियस्तरको मञ्च प्रदान गर्दै नेपाली लोकदोहोरीको मौलिकतालाई थप प्रवर्द्धन गर्ने लक्ष्य कार्यक्रमले लिएको बताए ।







