पुष्कल र विष्णुमायाको माया चोखो छ

काठमाडौं । गायक पुष्कल शर्मा र गायिका विष्णुमाया पौडेलको स्वरमा रहेको गीत ‘माया चोखो छ’को भिडियो सार्वजनिक भएको छ । बबिता श्रेष्ठको निर्माण तथा निर्देशन रहेको भिडियोको गीतमा महेन्द्र विश्वकर्माको शब्द र विमल डाँगीको संगीत छ ।

भिडियोमा स्माइल धिताल, विष्णुमाया पौडेल र सरिता राजोपाध्यायले अभिनय गरेका छन् । प्रियसी म्यूजिकको प्रस्तुति रहेको भिडियोमा दीपक गिरीको छायांकन र बबिता श्रेष्ठको निर्देशन छ ।