अष्ट्रेलियाबाट कपिलको छमछमी

काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा बसेर नेपाली संगीतमा क्रियासिल युवा गायक कपिल सापकोटाको नयाँ गीत ‘छमछमी’ को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आफुलाई भन्दा धेरै माया गर्ने व्यक्ति प्रति समर्पित गीतमा कपिलकै शब्द र संगीत छ । पप–लभ भर्सनको यस गीतको म्युजिक भिडियोमा अंकित गिरी र एस्तर खड्गी फिचर्ड छन् ।

रपिल महर्जन र हिमाल खड्काको छायांकन रहेको भिडियोमा अनुप राई र रपिलकै सम्पादन छ । ऋषि सुफीको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो । मेक मनी रेकर्ड्सको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ ।