रवीना र सन्देशको हावा डाडैमा

काठमाडौं । गायिका रवीना परीयार र गायक सन्देश रिजालको स्वरमा रहेको लोकदोहोरी गीत ‘हावा डाडैमा’ सार्वजनिक भएको छ ।

गीतमा निर्मल परियारको शब्द, सूर्यमणी आचार्यको संगीत, विष्णु तामाङको संगीत संयोजन, कुमार सानुको मिक्सिङ र मास्टरीङ छ ।

डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा संजीव ठकुरीको निर्देशन छ । भिडियोमा संजीव र करिश्मा ढकाल फिचर्ड छन् ।

भिडियोमा प्रकाश खड्काको छायांकन र राजकुमार मगरको सम्पादन छ ।